Wednesday, July 8, 2020

आभाष

बसन्त ऋतुमा सुमधुर चल्ने बतासको आभाष
जाडो याममा सुर्यको न्यानो पनको आभाष
अध्यारोमा जुनकिरिले दिने जोतिका आभाष
चौतारीको छायाँमा थकाई मारदाको आभाष
सूख र दु:ख दुवैमा खसेका आशुको आभाष
सपनाको तलाउमा पौडीदाको मिठो आभाष
हरेक बिहान घामसंगै झुल्किने आशाको आभाष
हरेक साझँ सुर्याअश्तसंगै नयाँ बिहानी आउने आभाष
चराचुरुङ्गीको चिरबिरमा लुकेको तरङ्गको आभाष
हरेक साझँ झुल्किने चन्द्रँमाको शितल्ताको आभाष
सायद यिनै आभाषमाझँ हाम्रो जीवन कतौ अल्झिरहेको छ ।। 

No comments:

Post a Comment